Logo

फाइल तस्वीर

११ वैशाख,बारा । आइतबार भएको उपचुनावअन्तर्गत बारा २ मा मतगणना सुरू गर्न बिहान सर्वदलीय बैठक डाकिएको छ । गएराति नै बैठक बस्ने तय भएकोमा हावाहुरीका कारण बैठक बस्न सकेन ।

अहिले बिहान ६ बजे सर्वदलीय बैठक बोलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बैठकमा सर्वदलीय सहमति जुटाएर बिहान ९/१० बजेबाट गणना थाल्ने आयोगको तयारी छ ।

यहाँ गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव, एमालेबाट पुरुषोत्तम पौडेल, रास्वपाबाट रमेश खरेल र जनमतबाट शिवचन्द्र कुशवाहा प्रतिस्पर्धामा छन् । बारा २ को मतगणना शिक्षा तालिम केन्द्र, कलैयामा हुनेछ । बारामा करिब ६५ प्रतिशत मतदान भएको छ ।


सम्बन्धित समाचार