Logo

११ वैशाख, तनहुँं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेको अग्रता ह्वात्तै बढेको छ ।

पछिल्लो विवरणअनुसार वाग्लेले १५ हजार मत कटाएका छन् । वाग्लेले १५ हजार १३५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका गोविन्द भट्टराईले ८ हजार ७३१ मत प्राप्त गरेका छन् ।

अहिले भट्टराई र वाग्लेबीचको मतान्तर ६४०४ रहेको छ । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ४ हजार ३९५ मत प्राप्त गरेका छन् । अहिलेसम्म २९ हजार ८०२ मतको गणना सकिएको छ ।


सम्बन्धित समाचार