Logo

११ वैशाख,तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यको उपचुनावमा मतगणना चलिरहेको छ । अहिलेसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्लेले अग्रता बढाउँदै लैजानुभएको छ ।

ताजा परिणामअनुसार वाग्लेले २४ हजार ४ सय ६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले १४ हजार १ सय ८२ मत प्राप्त गर्नुभएको छ । भट्टराईभन्दा वाग्ले १० हजार २ सय २४ मतले अघि हुनुहुन्छ ।

यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ७ हजार २६ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेकामा ६५ हजार ९९ मत खसेको थियो ।


सम्बन्धित समाचार