Logo

१२ बैशाख, वीरगञ्ज । घरबाट वेपत्ता भएका एक बृद्धको शव प्रहरीले वीरगञ्जको सिर्सियामा फेला पारेको छ ।

प्रहरीले पर्साको पोखरिया नगरपालिका–८ निवासी जोगी बिजको शव फेला पारेको हो । वीरगञ्ज महानगर–२५ सिर्सियास्थित आयल स्टोर्स चोकमा हिजो ८२ वर्षीय बिनको शव घोप्टो परेको अवस्थामा फेला पारेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिन मानसिक रोगी थिए । विगत ८ं–९ दिनदेखि बिन वेपत्ता रहेको उनको परिवारीक स्रोतबाट खुल्न आएको प्रवक्ता गिरीले बताउनुभयो

मृतकको शव नारायणी अस्पतालमा पोष्टमार्टम गरि परिवारको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार