Logo

१३ वैशाख,वीरगञ्ज । मधेश प्रदेशको १३६ वटै पालिकाको माटो परीक्षण गरिने भएको छ । मधेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत रहेका माटो परीक्षण प्रयोगशालाको प्राविधिकले ८ जिल्लाका १३६ वटै स्थानीय तहको माटो परीक्षण गर्ने भएको हो ।

मधेशको माटोको अवस्था पत्ता लगाएर आवश्यकता अनुसार कुन कुन मलखाद कहिले प्रयोग गर्ने भन्नेबारेमा किसानलाई जानकारी गराउन माटो परीक्षण गर्न लागेको कृषि मन्त्री बसन्त कुशवाहले बताउनुभयो ।

उहाँले प्राविधिक टोलीले १३६ पालिकामा घुम्ती टेस्ट ल्याब मार्फÞत ३ दिनसम्म पालिकाको विभिन्न ठाउँको माटो जाँच गरिने जानकारी दिनुभयो । माटो परीक्षण कार्यक्रम पालिकाको समन्वयमा गर्नुपर्ने भएकाले पालिका प्रमुखहरूलाई सहयोग गर्न मन्त्रालयको आग्रह छ ।


सम्बन्धित समाचार