Logo

१७ वैशाख, वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा भ्रष्टाचार बढीरहँदा सरकार भने मुकदर्शक बन्नुपरेको बताउनुभएको छ ।

आइतबार जनकपुरधाममा अनुचित लेनदेन ९मिटरब्याज० सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना कार्यक्रममा बोल्दै उहाँले प्रदेशमा भ्रष्टाचार बढिरहँदासमेत सरकार मुकदर्शक बन्नुपरेको बताउनुभएको हो । उहाँले भ्रष्टाचार नियन्त्रणका लागि आफूसँग कुनै निकाय नभएको गुनासो गर्नुभयो ।

प्रदेश सरकारलाई प्रहरी समायोजन र कर्मचारी समायोजन अति आवश्यक भइसकेको बताउनु हुँदै मुख्यमन्त्री यादवले कर्मचारी समायोजन र प्रहरी समायोजन गरिदिए २४ घण्टाभित्र सबै पीडितलाई न्याय दिइए दोषीलाई कठघरामा उभ्याउने प्रतिबद्धता जनाउनुभयो । उहाँले मुख्यमन्त्रीको खल्तीबाट दिनदहाडै पैसा चोरिनु, मुख्यमन्त्रीको सवारीका बेलामा समेत ट्राफिक प्रहरीहरू सडकमा मोबाइलमा गफ गरेर बस्नु जस्ता गतिविधिले प्रदेशको सुरक्षा कस्तो छ रु भन्ने देखाउने बताउनुभयो ।

मुख्यमन्त्री यादवले संघ सरकारले प्रदेश सरकारसँग समन्वय समेत नगरेको गुनासो गर्नुभयो । उहाँले प्रदेश सरकारसँग समन्वय नभएसम्म कुनै आयोगले पनि निष्पक्ष तरिकाले पीडितले न्याय पाउनेगरी कार्य सम्पादन गर्न नसक्ने स्पष्ट पार्नुभयो ।


सम्बन्धित समाचार