Logo

२८ वीरगञ्ज, बैशाख ।वीरगञ्जको नारायणी अस्पतालमा स्वास्थय बिमा गराएकाहरुले औषधि नपाउने गरेका छन । उपचारको लागि अस्पतालमा पुगने बिमा गराएका बिरामीहरुले अस्पतालमा रहेको फार्मेसीबाट औषधि नपाउने गरेको गुनासो बिरामीहरुले नै गर्ने गरेका छन ।

अस्पतालमा डाक्टरले उपचारपछि लेखेको औषधिको लागि अस्पतालको फार्मेसीमा पूग्दा मुशिक्ल एक दुई प्रकारका औषधिहरु पाईने गरेको भएपनि अन्य औषधिहरु नपाईने गरेको बिरामीहरु बताउँछन ।अस्पतालमा सबै किसिमका औषधिहरु नपाईने भएपछि बिरामीहरु मर्कामा पर्दै आएका छन पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ निवासी रयिबा खातुन ज्वरो भएर बिरामी परेपछि उपचारको लागि नारायणी अस्पतालमा पुगिन ।

डाक्टरले चेकजाँच गरेर खातुनको लागि औषधि पनि लेखिदियो । स्वासथ्य बिमा गराएकी खातुनले डाक्टरले लेखिदिएको पुरै औषधि नपाउदा बाहिरको फार्मेसीबाट महँगो मुल्यमा किनेर खानुपर्ने पर्ने बाध्यता रहेको बताईन ।‘चिनी थाईराइडको समस्या छ चारवटा औषधि लेख्ने गरेका छन् जस मध्ये एउटा औषधि पाईन्छ,उनले भनिन, त्यो पनि चिनीको मात्र,राम्रो औषधि कसैलाई पनि दिदैनन ।’

नारायणी अस्पतालमै उपचारको लागि पुगेका वीरगञ्ज–१९ बिन्दबासिनी निवासी पुरन प्रसादलाई पनि ज्वरो लागेर नारायणी अस्पतालमा आफुले चेकजाँच गराएको भएपनि औषधि भने स्वास्थय बिमा अन्र्तगत नपाएको बताए । उनले नारायणी अस्पतालमा स्वास्थय बिमा गराएकाहरुलाई उपचारको सुबिधा ठिकै भएपनि औषधि भने नपाईने गरेको तथा औषधि लिनको लागि समस्या झेल्नु परेको जिकिर गरे । ‘बिमाको सुबिधा सबै छ, तर तीन दिन पछि अर्को नयाँ पुर्जी कटाउनको लागी लाईनमा लागनु पर्ने हुन्छ,उनले भने, अर्को पुर्जीको कारण औषधिलिनमापनि समस्या हुने गरेको छ ।’

अस्पतालमा ठेक्का माफैत टेण्डर गरि औषधि खरिद गर्ने गरिएको तथा बिरामीहरुको चाप बढी भएर औषधि सकिने गरेको नारायणी अस्पतालका मेसु डा.चितरन्जन शाहले बताए ।उनले बिरामीहरुको चाप बढी भएकै कारण एक महिनाको लागि खरिद गरिएको औषधि १५ दिनमै सकिने गरेकोले समस्या आउने गरेको बताए ।ठेकेदारहरुले औषधि पनि समयमा नपठाएका कारणले पनि औषधि बेलाबेलामा सकिने गरेको उनको भनाई छ ।

सरकाले आम जनताको स्वास्थय सेवामा सहज पहुँच र सहुलियतमा उपचारको लाग स्वास्थय बिमा कार्यक्रम लागु गरेको छ ।तर,बिमा गराएका बिरामीहरुले भने नारायणीमा डाक्टरले लेखिदिएको सबै प्रकारका औषधिहरु न्पाउने गरेको गुनासो गर्ने गरेका छन ।नारायणीमा मधेस प्रदेश भरिका बिरामीहरु उपचारको लागि आउने गरेका छन ।


सम्बन्धित समाचार