Logo

२९ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले मजदुरहरुको टाउको गनेर औधोगिक प्रतिष्ठानहरुको दवावमा हरियो नोट लिएर नेपाली मजदुरहरुमाथि भेदभाव गर्नेहरुलाई सावधान हुन निर्देशन दिनुभएको छ ।

वीरगञ्जमा शुरु भएको दुई दिने रोजगार मेलाको उद्घाट्न कार्यक्रममा सिंहले बारा–पर्सा औधोगिक करिडोरमा काम गर्ने नेपाली मजदुरमाथि प्रतिष्ठानको दवावमा टे«ड यूनियनहरुले विभेद गरेको बताउनुभयो । बारा–पर्सा औधोगिक करिडोरमा साना ठुला गरेर ५ देखि ८ सय उद्योगहरु रहेका छन् ।

ती करिडोरका उद्योगहरुमा काम गर्ने मजदुर तथा प्रशासनिक कर्मचारीहरु भने अधिकाशं भारतीय रहेको बताउनुहुँदै सिंहले करिडोरका उद्योगहरुमा एउटै सिप र पेशामा रहेका समान क्षमता भएका भारतीय र नेपाली मजदुरबीच सेवा सुविधामा विभेद रहेको बताउनुभयो । वीरगञ्ज महानगरभित्र दैनिक सेवा लिन आउनेमध्ये अधिकाशंले विकास निमार्ण भन्दा पनि रोजगारीको लागि आउने गरेको महानगरले जनाएको छ ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्षहरु हेमराज ढकाल, ज्योत्साना श्रेष्ठ, उद्योग वाणिज्य संघ मधेश प्रदेश अध्यक्ष अशोक टिमानी, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवाल लगायतको उपस्थिति रहेको थियो । उपाध्यक्ष हेमराज ढकालले वीरगञ्ज महानगरले रोजगारीको लागि सिपकेन्द्रको विकास गरेर दक्ष जनशक्ती उत्पादन गर्न रोजगारीको लागि अवसरहरु खुल्ने बताउनुभयो ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले महानगरसँग सहकार्य गरेर काम गर्न आफूहरु तयार भएको बताउनुभयो । दुई दिनसम्म सञ्चालन हुने रोजगार मेलामा बारा–पर्सा औधोगिक करिडोरका उद्योगका प्रतिनिधि, र परामर्शदाताहरु पनि सहभागी भएका थिए ।


सम्बन्धित समाचार