Logo

१ जेठ,वीरगञ्ज । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणका दाेषीलाई कारवाही गर्न सरकारले अन्तिम समय सम्म खुट्टा कमाउन नहुने कुरा बताउनु भएकाे हाे ।

समाजवादी प्रेस संगठन पर्सा द्वारा सोमबार बिहान वीरगंजको को होटल मकालुको सभा हलमा आयोजित प्रेस सम्मेलनमा बोल्दै नेपालले शरणार्थी प्रकरणको अनुसन्धानलाई निरन्तर निष्पक्ष रुपले अगाडि बढाउदै देशलाइ भ्रस्टाचार मुक्त गर्नु पर्नेमा उनको जोड रहेको छ ।

पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले देश, जनता ,गणतन्त्र र संविधानको रक्षा एव सम्बर्द्धन गर्दै विकासको बाटोमा तिव्ररुपले अगाडि बढ्दै समृद्धि ल्याउनु नै हाम्रो मुल उद्देश्य एवं लक्ष्य भएकोले आफनो पार्टी हरसमय तत्पर रहेको र यो गठबन्धनको सरकार पाँच बर्ष नै सफलताको साथ टिक्छ भन्नेमा ढुक्क भई भ्रष्टाचारको लडाइमा सम्पुर्णलाई सहयोग गर्न जोड दिएका छन ।

समाजवादी प्रेस संगठनका पर्सा अध्यक्ष मनोज पटेलको अध्यक्षतामा एवं एकीकृत समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष पुर्व प्रधानमन्त्री माधव नेपालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एकीकृत समाजवादि पार्टीका केन्द्रिय सचिव नागेन्द्र चौधरी , दलित मुक्ती संगठनका केन्द्रिय अध्यक्ष गणेश विक,पर्सा अध्यक्ष बालगोपाल थापा,महानगर अध्यक्ष मनोज चौधरी ,पुर्व सान्सद रामचन्द्र सहनी , नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खडका लगायत सन्चारकर्मिहरुको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार