Logo

जिम्बाबेमा हुने आईसीसी विश्वकप क्रिकेट छनोटका लागि २२ सदस्यीय टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार रोहित पौडेलको कप्तानी टोलीको घोषणा गरेको हो ।

नेपाल गत चैतमा घरेलु मैदानमा भएको आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गतको खेलमा तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा स्थान बनाएको थियो ।

छनोटअघि नेपाली टोलीले दक्षिण अफ्रिकामा अभ्यास खेल खेल्ने तयारी गरेको छ । यही महिनाको अन्तिममा दक्षिण अफ्रिका जाने टोलीले अभ्यास खेलपछि उतैबाट जिम्बाबे जाने भएको हो ।

पछिल्लो समय लयमा रहेको नेपाली टोलीले विश्वकप छनोटमा टेष्ट राष्ट्रसँग खेल्ने छ । विश्वकप छनोट आगामी जुन–जुलाइमा जिम्बाबेमा हुने छ।

नेपालको प्रारम्भिक टोलीः
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आशिफ शेख, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, गुलसन झा, करण केसी, सन्दीप लामिछाने, भिम सार्की,ललित राजवंशी, अर्जुन साउद, प्रतिश जिसी, सुदिप जोरा, देव खनाल, किशोर महतो, कमल सिंह ऐरी, सूर्य तामाङ, अविनास बोहोरा र श्याम ढकाल ।


सम्बन्धित समाचार