Logo

१० जेठ,वीरगञ्ज । पर्साबाट प्रहरीले बिल बिजकभन्दा बढि सामान लोड रहेको पिकअप नियन्त्रणमा लिएको छ ।

प्रहरीले बिआर ०५ जिसि ३०१७ नम्बरको भारतिय पिकअप नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले हिजो साझँ विभिन्न खुद्रा तथा लत्ताकपडाहरु लोड रहेको मालवाहक पिकअप ड्राईपोर्टबाट वीरगञ्जतर्फ आउदैँ गरेको सूचनाको आधारमा चेकजाँच गरेको थियो । सोही क्रममा बिल बिजक शंकास्पद देखिएकाले वीरगञ्ज–२५ चण्डालचोकस्थित सडकखण्डबाट उक्त पिकअप नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिईएको पिकअप र बरामद सामानको मूल्याङकन १७ लाख ३९ हजार ४ सय ४८ रुपैँया कायम गरि थप अनुसन्धान तथा कारवाहीका लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार