Logo

१० जेठ,बारा ।सिंचाई सुविधाका लागि बाराको एक वडा कार्यालयले ४२ जना किसानलाई विधुतिय मोटर वितरण गरेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ बडहर्वाको वडा कार्यालयले “किसानको हात हाम्रो साथ” भन्ने अवधारण अनुरुप वडाको ५ लाख रुपैँया चालु खर्च बजेटबाट खरिद गरि विद्युतिय मोटर वितरण गरेको वडा अध्यक्ष चतुरबाबु वाग्लेले जानकारी दिनु भयो ।

५० प्रतिशत अनुदानमा सिंचाई मोटर वितरण गरिएको उहाँले बताउँनुभयो । १ सय १५ जनाले मोटरका लागि दिवेदन दर्ता गराएका थिए । जसबाट गोलाप्रथा गरी ४२ जनालाई छनौट गरिएको थियो । २३ हजार रुपैयाँमा किनेका २ हर्षपावरका सिंचाई मोटर उपभोक्तालाई ११ हजार पाँचसय मात्र लिएर प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।


सम्बन्धित समाचार