Logo

१३ जेठ,वीरगञ्ज । वीरगञ्ज पथलैया व्यापारिक मार्गमा २४ सै घण्टा सवारी साधन पार्किङ हुँदै आएको छ । व्यापारिक मार्गको वीरगञ्ज बजार भन्दा उत्तरपट्टि पर्ने उद्योग क्षेत्रहरुको मुख्य सडकमै सवारी साधनहरु घण्टौसम्म पार्किङ हुदै आएको हो ।

वीरगञ्ज पथलैया औधोगिक कोरिडोर अन्र्तगत पर्ने उद्येगमा कच्चा पदार्थ लिएर आएका ट्रक, कन्टेनर, सामान लोड गरेका गाडी घण्टौँसम्म दिनरात पार्किङ गर्ने गरिएको छ ।

औद्योगिक कोरिडोरमा सवारी साधन पार्क गरेर राख्न नपाइने भए पनि यहाँका उद्योगमा कच्चा पदार्थ बोकेर आएका ट्रक तीन चार दिनसम्म सडकमै पार्किङ गरेर राख्ने गरिएको छ । यसरी २४ सै घण्टासम्म ब्यापारिक मार्गमा ट्रक पार्क हुन थालेपछि दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ । वीरगञ्ज पथलैया सडकखण्डमा प्रायजसो दैनिक रुपमा सानो ठुलो दुर्घटनाहरु समेत हुने गरेको छ ।

जथाभावी सवारी पार्किङ गर्दा सडकमा गुड्ने मोटरसाइकल चालकहरुले समेत समस्या हुने गरेको बताउदैँ आएका छन् । यता हाल निर्माणको क्रममै रहेको वीरगञ्ज पथलैया व्यापारिक मार्गमा जथाभावी सवारी पार्किङ हुने क्रम बढेसँगै ठाउँ–ठाउँमा रहेका ट्राफिक प्रहरी भने मुकदर्शक बनेर बसेका छन् ।

वीरगञ्जको गण्डक चोक र परवानीपुर चोकमा चौबिसै घण्टा ट्राफिक प्रहरी चेकपोष्ट बनाएर बस्ने गरेको भएता पनि चेकपोष्टभन्दा आधा किमी कम दूरीमा सडकमै सवारी पार्किङ हटाउन भने कुनै चासो नदिने गरेका पाईएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक मणिराम थापाले व्यापारिक मार्गमा लामो समयसम्म सवारी साधन पार्क गरेर राख्न नपाईने बताउनुभयो । उहाँले व्यापारिक मार्गमा सवारी पार्क गर्नेलाई सम्झाई बुझाई पार्क गर्न नलगाउने अटेर गरे कारवाही गर्ने जानकारी दिनुभयो ।

 


सम्बन्धित समाचार