Logo

१५ जेठ, काठमाडौं । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको भारत भ्रमणको टोली स्वीकृत गरेको छ । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जेठ १७ देखि २० गतेसम्म हुने भारत भ्रमणको टोलीमा प्रधानमन्त्रीसहित पाँच मन्त्री स्वीकृत गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

भारत भ्रमणको टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्ति बस्नेत, परराष्ट्रमन्त्री एनपी साउदसहित ५ जना मन्त्री प्रधानमन्त्रीको भ्रमण टोलीमा हुनेछन् ।

साथै बैठकले आजै संसदमा प्रस्तुत गर्ने आर्थिक् वर्ष २०८०/ ०८१ को बजेट पनि पारित गरेको छ ।


सम्बन्धित समाचार