Logo

१६ जेठ,वीरगञ्ज । गुणस्तर तथा नापतौल कार्यालय पर्साका पूर्व अधिकृत शशिभूषण यादवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलयले गुणस्तर तथा नापतौल कार्यलय पर्साका तत्कालिन वरिष्ठ गुणस्तर अधिकृत यादवविरुद्ध मुद्दा दर्ता गरेको हो ।

यादवले ४ करोडभन्दा बढि रुपैेँया भ्रष्टाचार गरेको अख्तियारको आरोप छ । अख्तियारका प्रवक्ता भोला दाहालले यादवले गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा ४ करोड ४७ लाख ३४ हजार २ सय १२ रुपैयाँ बिगो र सोही रकमको जरिवाना तथा कैदसजाय मागदाबीसहित मुद्दा दायर गरिएको जानकारी दिनुभयो ।

यादवले सार्वजनिक पदमा रहँदा अख्तियारीको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जेको अख्तियारले अदालतमा दायर गरेको आरोप पत्रमा उल्लेख छ ।


सम्बन्धित समाचार