Logo

२० जेठ,वीरगञ्ज । मधेस प्रदेश सरकारका अर्थमन्त्री सञ्जयकुमार यादवले आगामी आर्थिक वर्षको बजेट जनतासमक्ष गरिएका प्रतिवद्धतालाई पुरा गर्नेतर्फ लक्षित हुने बताउनुभएको छ ।

मधेस प्रदेशसभाको बैठकमा उहाँले विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो । विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकता छलफलका लागि सभामा प्रस्तुत गदैै उहाँले आगामी आर्थिक वर्षको बजेट दिगो, फराकिलो एवम् समावेशी आर्थिक वृद्धिदर हासिल गर्ने, सेवा प्रवाहमा सुधार र स्रोत साधनको परिचालनमा प्रभावकारिता कायम गर्नेतर्फ लक्षित हुने दाबी गर्नुभयो ।

यादवले कोभिड–१९ को प्रभाव, युक्रेन–रसिया युद्ध र विश्वको आर्थिक परिदृष्यमा देखिएको कारणले आर्थिक गतिविधिमा संकुचन हुन गई मुलुकको अर्थतन्त्र दबाबमा रहेको उल्लेख गर्नुभयो ।

मन्त्री यादवले लक्ष्य अनुरुप राजश्व परिचालन हुन नसकेको बताउँदै सरकारी खर्चको प्राथमिकिकरण हुन नसक्दा साधन स्रोत छरिने गरी विनियोजन गर्ने र आर्थिक वर्षको अन्त्यतिर खर्च गर्ने प्रवृति कायमै रहेको जिकिर गर्नुभयो ।

साधारण खर्चमा वृद्धि हुँदै गएको र आयोजना कार्यान्वयन कमजोर हुँदा पूँजीगत खर्च न्युन हुनुका साथै खर्चको प्रभावकारिता बढ्न नसकेको उहाँको भनाई थियो ।

 


सम्बन्धित समाचार