Logo

२१ जेठ,वीरगञ्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको प्रमुखमा रञ्जितप्रसाद यादवलाई नियुक्त गरिएको छ ।

त्रिभुवत विश्वविद्यालय उपकुलपतिको कार्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त वास्कोटाले हस्ताक्षर गरेको नियुक्ती पत्रअनुसार सहप्राध्यापकको रुपमा कार्यरत यादवलाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको हो ।

त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को परिच्छेद ५२ को नियम १८५ बमोजिम यादव क्याम्पस प्रमुखमा नियुक्त हुनुभएको हो । जेठ १६ गते बसेको बैठकले आजदेखि लागू हुनेगरी यादवलाई ठाकुरराम बहुमुखी क्याम्पसको प्रमुखको रुपमा नियुक्त गर्ने निर्णय भएको थियो ।


सम्बन्धित समाचार