Logo

२६ जेठ,वीरगञ्ज । जनसेवा नामक सामाजिक सस्थांले पर्साको पोखरिया नगरपालिकामा एक आगलागी पीडित परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ । पोखरिया नगरपालिका वडा नंं ९ बैरियाका आगलागी पीडित देवलाल मुखियालाई १ बोरा आलु, १ बोरा प्याज, १ बोरा पिठो तथा २ बोरा चामल सहयोग गरेको हो ।

सस्थांका संयोजक वृजेश्वर प्रसाद चौधरीले पीडितको घरमै पुगि उक्त खाद्यान्न सामग्रीहरु हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा वडाध्यक्ष नौषाद आलम, सस्थांका सदस्य कन्हैया पटेल, अशोक श्रीवास्तव, सञ्चारकर्मी दिनेश मिश्रा, पोखरिया युवा समाजका अध्यक्ष भगवान दास तात्वा तथा रामराज्य प्रसाद यादव लगायतको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार