Logo

३ असार, वीरगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्स भाइरस संक्रमण रोकथामका लागि देशभर १४ जना डाक्टरहरुलाई फोकल पर्सन तोकेको छ ।

नेपालमा पहिलोपटक मंकीपक्स भाइरस संक्रमित फेला परेपछि मन्त्रालयले संक्रमण रोकथामका लागि देशभर १४ जना डाक्टरलाई फोकल पर्सन तोकेको हो ।

मन्त्रालयका अनुसार मंकीपक्सविरुद्ध फोकल पर्सन तोकिएकामा झापाको भद्रपुरस्थित मेची अस्पतालका डा. केशव ढकाल, मोरङ स्थित कोशी अस्पतालका डा. सिबी झा, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डा. सूचना मरहठ्ठा, जनकपुरस्थित जनकपुर प्रादेशिक अस्पतालका डा. रामज्ञान यादव, वीरगन्जस्थित वीरगन्ज हस्पिटलका डा. अतुलेसकुमार चौरासिया, पोखरास्थित गण्डकी प्रादेशिक अस्पतालका डा. आनन्द नेपाल र चितवनमा भरतपुर अस्पतालका डा. शशी हिराचन छन् ।

यस्तै,काठमाडौंस्थित वीर अस्पतालका डा. निरज पराजुली, टेकु अस्पतालका डा. शिवेन्द्र झा, पाटन अस्पतालका डा. मोनिक काफ्ले, बुटवलस्थित लुम्बिनी अस्पतालका डा. मनिलाल श्रेष्ठ, नेपालगन्जस्थित भेरी अस्पतालमा डा. बद्री चापागाईं, सुर्खेतस्थित सुर्खेत प्रादेशिक अस्पतालका डा. सुस्मिता प्रधान र धनगढीस्थित सेती प्रादेशिक अस्पतालका डा. दिनेश शिवाकोटीलाई मंकीपक्स फोकल पर्सन तोकिएको छ ।

मंकीपक्स भाइरसबाट हुने ‘एमपक्स’ नेपालमा पहिलोपटक गत शुक्रबार पुष्टि थियो । ६० वर्षीया एकजना विदेशी महिलामा मंकीपक्स भाइरस पुष्टि भएको हो । उनको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । मंकीपक्स भाइरस विश्वका १ सय ११ देशमा पुष्टि भइसकेको छ ।

 

Monkeypox : यो के हो र यसलाई कसरी रोक्न सकिन्छ?


सम्बन्धित समाचार