Logo

६असार,काठमाडौं । साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल कुवेतसँग पराजित भएको छ ।

बैंगलोरस्थित श्री कान्तिरभा स्टेडियममा भएको खेलमा कुवेतसँग नेपाल ३–१ ले पराजित भएको हो।खेलको पहिलो हाफमा २–० ले पछि परेको नेपालले दोस्रो हाफमा एक गोल खादा एक गोल फर्कायो।

खेलको २३औं मिनेटमा कप्तान खालिदले गोल गर्दै कुवेतलाई अग्रता दिलाएका थिए । ४१औं मिनेटमा कुवेतले दोस्रो गोल थप्यो ।

खेलको ४५ औं मिनेटमा मोहम्मद अब्दुल्लाहले पेनाल्टीमा गोल गर्दै कुवेतलाई ३–० को अग्रता दिलाएका थिए। समूह ए मा रहेको नेपालले दोस्रो खेल शनिबार भारतसँग र मंगलबार पाकिस्तानसँग खेल्नेछ ।

 


सम्बन्धित समाचार