Logo

६ असार, वीरगञ्ज । बचतकर्ताको करोडौँ रकम लिई फरार भएका यादगार बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक राहुल सिंहलाई पर्सा प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।

वीरगञ्ज महानगरपालिका वडा न. १७ रामगढवास्थित यादगार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राहुल सिंह र संस्थाकै सदस्य रहेकी राहुलको श्रीमती शान्ति चौधरी बचतकर्ताको लगभग ८ करोड रुपैयाँ लिएर फरार भएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

यादगार सहकारीमा रानीघाट, अशोकवाटिका, श्रीपुर, रामगढवालगायत क्षेत्रका बचतकर्ताले जम्मा गरेको रकम संस्थाका अध्यक्ष सिंहले लिएर फरार भएका हुन । बचतकर्ताको घर र पसलबाट उठाएको रकम लिएर सहकारीका सञ्चालक फरार भएको ३ महिना भइसक्दा पनि प्रहरीले उनलाई पक्राउ गर्न नसकेको सहकारीका बजार प्रतिनिधि आलोक प्रसाद यादवले बताए ।

सदस्यहरुको घर र पसलमा पुगेर रकम संकलन गरेर सहकारीमा बुझाउने गरको बजार प्रतिनिधि यादवको भनाई छ । उनले सहकारी संस्थाका अध्यक्ष राहुल सिंह र शान्ति चौधरीले उक्त रकम लिएर फरार भएको तर बचतकर्ताले आफूसँग पैसा मागेर कुटपिट गर्ने गरेको गुनासो गरे । बचतकर्ताहरु पैसा माग्न आफ्नो घर सम्म पुग्ने गरेको उनको भनाई छ ।

बचतकर्ताले यादगार सहकारीसंस्थाका अध्यक्षलाई चिनेर बचत नराखेको भन्दै बाटोमा देख्ने वित्तिकै रकम मागेर दुव्र्यवहार गर्नेगरेको बजार प्रतिनिधि यादवको भनाई छ । आफूले ४ वर्ष देखि कमाएको रकम १२ लाख २० हजार ३५ रुपौयाँ र घर वरीपरीका साथीहरु र घरबाट लिएर राखेको ३ लाख ५० हजार रुपैयाँ संस्थाका अध्यक्ष सिंह लिएर फरार भएको यादवले जानकारी दिए ।

रहुलले आफूलाई जग्गा खरिदमा सहयोग गर्ने आश्वासन दिएर अरु संस्थाको जागिर छुटाएर सहकारीमा बजार प्रतिनिधिको रुपमा काम लगाएको उनको भनाई छ । आफूले दुख गरेर कमाएको रकम समेत अध्यक्ष राहुल सिंहले कुम्ल्याइ भागेको यदावले बताए ।

संस्थाको कोपाध्क्ष बलराम साहले बजारमा लगानी भएको रकम उठाउदै बचतकर्तालाई किस्तामा रकम फिर्ता दिदै आएको बताए । अध्यक्ष राहुलकी श्रीमती शान्ति चौधरी काउन्टरमा बस्ने गरेको हुदा दैनिक बचतकर्ताबाट उठेको रकम लुकाउदै व्यक्तिगत प्रयोजनमा खर्च गरको कोषाध्यक्ष साहको भनाई छ । करिव ३, ४ करोड रुपियाँ बजारमा लगानी भएको छ, त्यहीँ रकम उठाउदै बचतकर्तालाई दिदै आएका छौ, साहले भने ।

राहुलले आफूलाई समेत कोषाध्यक्षबाट हटाएर अदालतमा मुद्धा समेत दिएको उनको भनाई छ । सहकारीमा व्यवस्थापक रहेका आरिफ अंसारीलाई अध्यक्ष राहुलले ८ महिना अघि हटाएका थिए । अंसारी हटेपछि सहकारीमा कसैलाई व्यवस्थापक नराखी राहुल र उनकी श्रीमती शान्ति चौधरीले चलाउदै आएको कोपाध्यक्ष साहले बताए ।

संस्थाको नाउँमा ४ वटा बैकमा खाता थियो, हामी ४ जना संचालक (राहुल सिंह, शान्ति चौधरी, आरिफ अंसारी र म) मध्ये कुनै दुई जनाको दस्तखतबाट बैकको कारोवार हुने गरेको थियो । राहुलले हामीलाई हटाएपछि आफू र श्रीमती शान्तिको दस्तखतबाट रकम झिकेर फरार भएको साहको भनाई छ । आफ्ना इष्टमित्र र साथिभाईको करोडौ रकम सहकारीमा जम्मा गरियो अहिले अध्यक्षले रकम लिएर भागेपछि हामीलाई समेत ज्यान जोगाउन मुस्किल भएको छ, साहले भने ।


सम्बन्धित समाचार