Logo

११ असार,वीरगञ्ज । वीरगञ्जमा सिजी नेटले साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।आईतबार साँझ वीरगञज्को घण्टाघर चोकमा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा बिभिन्न गित सँगीतहरुमा नृत्य प्रस्तुत गरिएको थियो ।कार्यक्रममा भोजपुरी तथा नेपाली गितहरुमा कालाकारहरुले आफनो प्रस्तुति दिएका थिए ।

कार्यक्रममा भोजपुरी गायक सुनिल पण्डितले गाएको गीतमा दर्शकहरु रमाएका थिए ।देशभरि नै आफनो शाखा बिस्तार गरिरहेको सिजी नेटले केही महिना अघि वीरगञ्जमा पनि आफनो सेवा बिस्तार गरेको थियो ।

अहिले महानगरका बिभिन्न स्थानमा कम्पनीले आफनो ईन्टरनेट सेवा जडान गरिरहेको तथा चाँडै जिल्ला भरि नै सस्तो तथा सmुभ दरमा उपभोक्ताहरुलाई ईन्टरनेट सेवा प्रदान गरिने कम्पनीका कमरुल अन्सारीले जानकारी दिए ।


सम्बन्धित समाचार