Logo

१२ असार, काठमाडौं । प्रधानमन्त्रीको निजी सचिव रहेका नवराज ढुंगानालाई राजस्व अनुसन्धान विभागको महानिर्देशकमा नियुक्त गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयले प्रधानमन्त्रीका निजी सचिव ढुंगानालाई राजस्व अनुसन्धान विभागको महानिर्देशकमा रुपमा पठाएको हो ।

हाल विभागको महानिर्देशक रहेका नारायण सापकोटालाई प्रधानमन्त्री कर्यालयमा फिर्ता बोलाइएको छ । राजस्व अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहत रहने निकाय हो ।

पाँच महिनामै राजस्व अनुसन्धान विभागका महानिर्देशक फेरिएका छन्। पछिल्ला महिनामा तीव्र प्रशासनिक अस्थिरता देखिएको विभागमा पाँच महिनामै महानिर्देशक फेरिएका हुन ।

ढुंगानालाई महानिर्देशक बनाएर हाल कार्यालयमै अतिरिक्तमा रहेका सहसचिव अर्जुन भण्डारीलाई प्रधानमन्त्रीको निजी सचिवमा लगिएको छ। कार्यालयले मंगलबार यस्तो निर्णय गरेको हो ।

विभाग प्रधामन्त्री कार्यालय मातहत ल्याएपछि पटक–पटक हुने महानिर्देशक परिवर्तनका कारण विभागले राम्रोसँग अनुसन्धानको काम गर्न पाएको छैन ।


सम्बन्धित समाचार