Logo

१३ असार, वीरगञ्ज । भारतीय शहर रक्सौलबाट वीरगञ्ज तर्फ लागु औषध लिएर आउदै गरेको एकजना भारतीय नागरिकलाई पर्सा प्रहरीले बुधवार पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं।१६ रजतजयन्तीचोकमा चेकजाँचमा प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले रक्सौलबाट संकास्पदरूपमा पैदल आउँदै गर्दा ती व्यक्तिलाई चेकजाँच गर्ने क्रममा लागु औषध फेला परेको हो ।

भारत विहार जिल्ला मोतिहारी थाना रक्सौल डंकन बस्ने वर्ष २० को अनिल भन्ने अनिष सिंहले बोकेको कालो व्यागभित्र लुकाइ छिपाई राखिएको अवस्थामा लागु औषध नाइट्राभेट ट्याब्लेट १४७० पिस फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक दीपक गिरीले बताउनु भयो ।

लागु औषध नाइट्राभेट ट्याब्लेट सहित पक्राउ परेका सिंहलाई पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थपको अनुमति लिएर थप अनुसन्धान भैरहेको प्रहरी नायव उपरिक्षक गिरीले जानकारी दिनु भयो ।


सम्बन्धित समाचार