Logo

१८ असार,वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालको सामाजिक सेवा ईकाईबाट सेवाग्राहीलाई प्रदान गरिएको सेवाबारे जानकारी गराईएको छ । चालु आर्थिक वर्ष ०७९/०८० को एक वर्षको अवधिमा अस्पतालको उक्त ईकाईबाट प्रदान गरिएको सेवा सुविधा बारे आज एक गोष्ठीको आयोजना गरि जानकारी गराएको हो ।

अस्पतालको सभाहलमा आयोजित गोष्ठीमा नारायणी अस्पतालले सोही समयको अवधिमा ईकाईबाट सेवाग्राहीलाई प्रदान गरिएको सेवा, उपचार, छुट उपलब्ध आदिका बारेमा जानकारी गराएको थियो ।

अस्पतालले एक वर्षको अवधिमा २ हजार ७ सय ७३ जना सेवाग्राहीहरुलाई ६१ लाख ५२ हजार ४७८ रुपैया बराबरको छुट सुबिधा प्रदान गरेको गोष्ठीमा बताईएको थियो । जसअनुसार नेपालका विभिन्न जिल्लाहरुसँगै भारत बिहारका पनि ७ जना सेवाग्राहीले उक्त ईकाईबाट ३३ सय ६० रुपैयाँको छुट प्राप्त गरेका छन् । नेपालका जिल्लाहरुमा सबैभन्दा बढी पर्सा जिल्लाका सेवाग्राहीले छुट सुविधा पाएका छन् ।

अस्पतालले उपलब्ध गराएको तथ्याङक अनुसार पर्साका एक हजार ८ सय ८३ जना सेवाग्राहीले ३८ लाख ६ हजार ३०५ रुपैयाको छुट पाएका छन् भने बाराका ६ सय ४९ जनाले १६ लाख ४७ हजार ३३६ र रौतहटका एक सय ५० जना सेवाग्राहीले ४ लाख ५५ हजार ६५८ रुपैयाको छुट सुविधा पाएका छन् ।

अस्पतालका प्रवक्ता एवम् फिजिसियन डा.उदय नारायण सिंहले अस्पताल वीरगञ्ज महानगरपालिकामै भएको हुनाले सबैभन्दा बढी महानगरका १ हजार ३३८७ जना सेवाग्राहीले २२ लाख ६२ हजार १ सय २० बराबरको र सबैभन्दा कम ठोरी गाउँपालिकाको १५ सेवाग्राहीले ३६ हजार ६८६ रुपैया बराबरको छुट सुबिधा प्राप्त गरेको जानकारी गराउनुहुदैँ जिल्लाका अन्य १३ पालिकाका सेवाग्राहीहरुले समेत सामाजिक सेवा ईकाईबाट छुट सुविधा लिएको बताउनुभयो ।

अस्पतालमा गरिब, असहाय, उपचार खर्च नभएका बिरामीको चाँप समेत बढी हुने गरेको अस्पतालका मेसु डा. चितरन्जन शाहले जानकारी दिनुभयो । उहाँले अस्पतालको सामाजिक सेवा ईकाईको बजेट सिमित भएकोले धेरै गरिब तथा असहाय सेवाग्राही उपचार सेवा लिनबाट वञ्चित भएको बताउनुभयो ।

समाजिक सेवा ईकाईमा स्थानीय तह तथा विभिन्न संघ सस्ंथाको सहयोग भए अझै बढी सङख्यामा सेवाग्राहीहरुलाई सेवा दिन सकिने उहाँको तर्क छ । गरिब, असहाय, अपाङ, विपत् एवम् प्राकृतिक प्रकोप महामारी भुकम्प, बाढी पहिरो, आगलागी, पिडित, कुपोषित बालबालिका, प्रहरीले ल्याएको थुनुवा कैदी, शहिदका परिवार आदिलाई ईकाई मार्फत निःशुल्क तथा आंशिक रुपले छुट प्रदान गर्दै आएको ईकाई प्रमुख सोनालाल चौरसियाले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार