Logo

१९ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. ३२ सोलखपुर नजिक एक पुरुषको शब फेला परेको छ । सोलखपुर चोक नजिक रहेको भरत साहको घर अगाडि अन्दाजी ४० वर्षीय पुरुषको शब फेला परेको हो ।

आज बिहान करिब साढे ५ बजेको समयमा स्थानियले शब देखेर प्रहरीलाई खबर गरेका थिए ।

घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा प्रहरी पुगेको र शबको पहिचान हालसम्म नखुलेको र शबको मुचुल्का तयार पारिएको ईलाका प्रहरी कार्यलय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामराजा केशरीले जानकारी दिनुभयो ।

शब पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाईएको उहाँले बताउनुभयो ।


सम्बन्धित समाचार