Logo

२० असार, बलिउड। अमेरिकास्थित लस एन्जलसमा एक प्रोजेक्टको छायांकन सेटमा बलिउड अभिनेता शाहरूख खानको दुर्घटना भएको हो।

दुर्घटनामा परेका शाहरूखको नाकमा चोट लागेको छ। चोट लागेपछि उनलाई नजिकको अस्पताल लगिएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार उनको सामान्य शल्यक्रिया समेत गरिएको छ। शल्यक्रियापछि शाहरूख आफ्नो घर फर्किएका छन्।

‘एसकेआर लस एन्जलसमा एउटा प्रोजेक्टको लागि छायांकन गरिरहेका थिए। उनको नाक ठोकियाे। नाकबाट रगत बग्न थालेपछि तुरून्तै अस्पताल लगिएको थियो,’ स्रोतले इटाइम्ससँग भनेका छन्।

यस बारेमा भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले लेखेखा छन् ‘शाहरुख खान ठीकै छन्, चोट लागेको खबर झुटो थियो शाहरुख खानका फ्यानका लागि खुसीको खबर ! उनको अस्वस्थताको खबर झुटो बाहेक केही होइन ।’ हिन्दुस्तान टाइम्सले सुपरस्टारको नजिकका मानिसहरूलाई सम्पर्क गरेर पुष्टि गरेको छ।

शाहरूख आगामी फिल्म ‘जवान’ मा देखिदैछन्। एटलीले निर्देशन गरेको फिल्ममा दक्षिण भारतीय फिल्म क्षेत्रकी लेडी सुपरस्टार नयनताराको पनि मुख्य भूमिका छ।

यो फिल्मपछि उनी राजकुमार हिरानीले निर्देशन गर्ने फिल्म ‘डंकी’ मा देखिनेछन्।


सम्बन्धित समाचार