Logo

फाइल तस्बिर।

१ साउन, वीरगञ्ज । श्रीलंकामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कपमा अहिले नेपालले भारतको ‘ए’ टिमविरूद्ध खेलिरहेको छ। एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत एविरुद्धको खेलमा कुशल भुर्तेल दोस्रो बलमै आउट भएका छन् ।

प्रेमदसा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको छ। नेपालका ओपनर कुशल भुर्तेल भारतका हर्सित रानाको बलमा एलबीडब्लू आउट भएका हुन् । उनले खाता नै खोल्न सकेनन् ।

अहिले देव खनाल र आसिफ शेख ब्याटिङ गरिरहेका छन्।

पाकिस्तान ए विरुद्ध शुक्रबार खेलेका अर्जुन साउद र प्रतिश जिसीकाे स्थानमा किशोर महतो र देव खनाल पहिलाे राेजाइमा खेल्दै छन् ।

समूह बी मा रहेको नेपाल पहिलो खेलमा कमजोर ब्याटिङ गर्दा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो ।

प्रतियोगिताको अन्तिम खेलमा नेपालले युएईको ‘ए’ टिमसँग साउन ३ गते खेल्नेछ।

दुई समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल साउन ७ मा हुनेछ।

समूह ए – श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए, ओमान ए
समूह बी –  पाकिस्तान ए, भारत ए, नेपाल, युएई ए


सम्बन्धित समाचार