Logo

८ साउन,वीरगञ्ज । वीरगञ्जको आदर्शनगर चोकमा निःशुल्क खानेपानीको मेसिन र ट्यांकि जडान भएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत केन्द्रले आदर्शनगर चोकमा निःशुल्क चिसो खाने पानी मेसिन, ५ सय लिटर क्षमता भएको पानी ट्याङ्की, मिटर र मोटर जडान गरेको हो ।

वीरगञ्जमा अहिले पानीको समस्या रहेकोमा मेसिन जडान गरेसंगै थोरै भए पनि स्थानीयहरूलाई राहत मिल्ने केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको भनाई छ । पर्सामा पानीको समस्या र बढदै गरेको गर्मीको कारण सर्वसाधारणलाई खानेपानीबाट राहत दिने गरी ५ सय लिटरको ट्यांकि लगाईएको ग्रीन सिटी सामुदायीक केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले बताउनुभयो ।

५ सय लिटर छमता भएको ट्यांकिबाट अहिले सर्वसाधारणहरुले पानीको लाभ लिरहेका छन् भने कतिपयले पानीको बोतल, जार तथा अन्य भाडामा बोकेर आफ्नो घर र अफिस सम्म लगेको त्यसैगरी त्यस्तै सडकमा हिँडने बटुवा र अन्य सर्वसाधारण समेत निःशुल्क खानेपानी मेसिनबाट लाभान्वित हुने खेतानले बताउनुभयो । खानेपानीे ट्यांकिको उद्धघाटन महानगरपालिकाका मेयर राजेशमान सिंहले गर्नुभएको थियो ।

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रशाकिय अधिकृत लक्ष्मी प्रसाद पौडल, प्रहरी निरीक्षक बिदुर प्रसाद शिवाकोटी ,रूङ्गटा वेलफेयर सोसाइटीका अध्यक्ष सुरेश रूङ्गटा, ग्रिन सिटी सामुदायिक केन्द्रका मुरली जलान, राकेश अग्रवाल ,कैलाश बजाज लगायातको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार