Logo

९ साउन वीरगञ्ज । मानव अधिकार तथा शान्ति समाज पर्साले खानेपानी अभावले जनजीवत प्रभावित भएको भन्दै नेपाल खानेपानी संस्थानलाई सरल र सहज रुपमा खानेपानी वितरणका लागि नयाँ धारा जडान गरि सहयोग गरिदिन आग्रह गरेको छ ।

एक महिनादेखि वीरगन्जमा पानीको स्रोत सुकेर चापाकलमा पानी आउन छोडेपछि जनजीवन कष्टकर बन्दै गएको र खानेपानी संस्थानले वितरण गर्ने धारा प्रयोग गर्ने ग्राहकको संख्या पनि बढेको र वितरण गर्दै आएको धारामा पनि पानीको बहाव कम भएकोले साथै केही स्थानमा सेवा नियमित हुन नसकेको प्रति स्वतन्त्र मानव अधिकार समाजको ध्यानकर्षण भएको जनाएको छ ।

भूमिगत जलस्रोत सुकीरहेको अवस्थामा खानेपानीको दीर्घकालिन समाधान भनेको खानेपानी सेवालाई द्रुतगतिमा बढाउनुको विकल्प नभएको भन्दै समाजले खानेपानीको उचित व्यावस्थापनका लागि तहगत सरकारसँग समन्वय गर्न पनि आग्रह गरेको हो ।

अहिलेको संकटपूर्ण अवस्थामा खानेपानी संस्थानले मात्रै महत्वपूर्ण भूमिका खेल्न सक्ने र पहिलेदेखि प्रयोग गरिएको धाराको वक्यौता भएका ग्राहकहरुको हकमा पनि किस्ताबन्दीमा महशुल भुत्तान गरी धारा जडान गर्ने व्यावस्था मिलाईदिन पनि आग्रह गरेको हो ।

समाजका अध्यक्ष कृष्णकुमार खनालको नेतृत्वमा गएको स्वतन्त्र मानवअधिकार तथा शान्ति समाजको केन्द्रीय पदाधिकारीहरुको टोलीले खानेपानी संस्थानका प्रमुख इञ्जिनियर निरण महर्जनलाई ज्ञापनपत्र दिएर ध्यानकर्षण गरेको हो ।


सम्बन्धित समाचार