Logo

१० साउन,वीरगञ्ज । वीरगञ्जस्थित भन्सार कार्यलयबाट गत आर्थिक वर्ष ०७९/८० मा लक्ष्यको ६० प्रतिशत मात्र राजस्व संकलन भएको पाइएको छ ।भन्सार विभागका अनुसार कार्यालयले वर्षभरका लागि २ खर्ब ६० अर्ब ९७ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको थियो ।

जसमध्ये असार मसान्तसम्म १ खर्ब ५७ अर्ब १५ करोड रुपैयाँ मात्रै राजश्व संकलन गर्न कार्यलय सफल भएको छ । यसमध्ये आयातमा लाग्ने भन्सार महसुल ५६ अर्ब ५ करोड रुपैयाँ संकलन भएको छ । यो लक्ष्यको ५७.५८ प्रतिशत मात्र हो । वीरगञ्जमा मात्र भन्सार महसुल ९७ अर्ब ३४ करोड रुपैयाँ उठ्ने अनुमान सो आवमा गरिएको थियो ।

मूल्य अभिवृद्धि कर ७० अर्ब रुपैयाँ उठेको छ । यो लक्ष्यको ७१.२१ प्रतिशत मात्र हो । नेपालको आयाततर्फ ३६.८२ प्रतिशत व्यापार यस वर्ष वीरगञ्ज भन्सारबाट भएको छ । यो ५ खर्ब ९३ अर्ब ३९ करोड रुपैयाँको हो । निर्याततर्फ २३.३४ प्रतिशतको व्यापार यो भन्सारबाट भएको छ । यो ३६ अर्ब ६७ करोड रुपैयाँ हो ।

गत आवमा आयात र निर्यात दुवैमा उच्च दरले कमी आउँदा सरकारले भन्सारबाट संकलन गर्ने राजस्वमा समेत ठूलो गिरावट आएको छ ।वीरगञ्ज भन्सार नाका नेपालको प्रमुख भन्सार नाका हो ।


सम्बन्धित समाचार