Logo

२० साउन,वीरगञ्ज । उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले सरकारले आफ्नो मातहत अन्तर्गत रहेका उद्योगहरुलाई चाडै पिपिपि मोडेलमा निजीकरण गर्न लान खोजेको बताउनुभएको छ ।

बाराको जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघको छैठो स्थापना दिवसको उद्घाटन गर्दै मन्त्री रिजालले सरकारले सञ्चालन गरेको कुनै पनि उद्योगले गति लिन नसकेका कारण यसलाई निजीकरण गर्न तर्फ आफ्नो ध्यान केन्द्रित गरेको बताउनुभएको हो ।

पिपिपि मोडेल अन्तर्गत ५० प्रतिशत भन्दा बढी ब्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिएर १५ देखि २० प्रतिशत सम्म ब्यवस्थापनको जिम्मा सरकारले आफै राख्ने मन्त्री रिजालले जानकारी दिनुभयो ।

यो मोडेलमा कार्य गर्नको लागि गृहकार्य अगाडि बढाईसकेको र चाडै नै निजी एकाईको बैठक राख्ने तयारी भईरहेको उहाँले बताउनुभयो । मन्त्री रिजालका अनुसार सरकारले आफैँले उद्योग चलाउने नभई सञ्चालनमा सहजीकरण गरिदिने मात्र हो ।

देशमा जुनसुकै सरकार आएपनि उद्योगको अवस्थामा परिवर्तन आउन नसकेकोतर्फ मन्त्री रिजालले दुःख ब्यक्त गर्नुभएको छ । सरकार परिवर्तनसँगै ब्यवस्थापनमा आफ्नो मान्छे राख्ने र ट्रेड युनियनसँग मिलेर ओ.टी.खाने काम मात्र हुने गरेको जिकिर गर्नुभयो ।


सम्बन्धित समाचार