Logo

२१ साउन,वीरगञ्ज।पर्सा प्रहरीले भारतीय नोट सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत बिहार राज्य जिल्ला पश्चिम चम्पारण पोष्ट भंगाहा वर्ष ३४ का लालु मियाँलाई १ लाख २४ हजार ६ सय ६० भारतीय रुपैयाँ सहित पक्राउ गरेको हो ।

प्रहरी चौकी मनवाबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपालतर्फ आउदै गरेको कालो रंगको सुपर स्पलेण्डर बिआर २२ एजे ३१९९ नम्बरको मेटरसाईकल रोकी चेकजाँच गरेको थियो ।

सोही क्रममा उनको साथबाट विभिन्न दरको भारतिय रुपैया फेला परेको प्रहरीको दाबी छ । उनको साथबाट ५ सय दरको नोट २ सय ४९ थान, १ सय दरले नोट थान २ र २० रुपैया दरले नोट ३ गरी १ लाख २४ हजार ६ सय ६० भारतीय रुपैया बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

बरामद भारतिय रुपैया सहित मियाँलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बाराको जिम्मा लगाइएको पर्सा प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार