Logo

२२ साउन,काठमाडौं । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा रेल दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने करीब एक सय जना घाइते भएका छन्। । कराँचीबाट रावलपिण्डीतर्फ गइरहेको हजारा एक्सप्रेसका १० वटा डब्बा नवाबशाह जिल्लाको सहारा रेलवे स्टेशननजिकै लिकबाट तल खस्दा उक्त दुर्घटना भएको रेडियो पाकिस्तानले जनाएको छ।

दुर्घटनास्थल कराँचीबाट करीब २ सय ७५ किलोमिटरको दुरीमा रहेको जनाइएको छ। घाइते यात्रुहरुलाई नवाबशाह जिल्लास्थित पिपुल्स मेडिकल कलेजमा लगिएको जनाइएको छ। घटनापछि सिन्ध प्रान्तभित्र आवतजावत गर्ने रेल सेवा स्थगन गरिएको छ ।

रेल सेवा पुनस्संचालनमा ल्याउन १८ घण्टासम्म लाग्न सक्ने अधिकारीहरुले जनाएका छन्। ।१७ वटा डब्बा भएको उक्त रेलमा क्षमताभन्दा बढी यात्रु रहेको जनाइएको छ। रेलमा इकोनोमी क्लासमा ९५० र वातानुकुलित क्लासमा ७२ गरी एक हजार २२ यात्रु बस्ने क्षमता रहेको थियो। रेल दुर्घटनाको कारण अझै नखुलेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।

 


सम्बन्धित समाचार