Logo

३० साउन,बारा। बाराको जीतपुरसिमरा उपमहानगरका स्थानियले निशुल्क रोग बिशेषज्ञ डाक्टरको सेवा पाउने भएका छन् । बर्षौ देखि स्वास्थ्य अधिकृत र अहेबको भरमा सञ्चालन हुँदैँ आएको स्वास्थ्य संस्थामा रोग बिशेषज्ञ डाक्टर र मेडिकल अधिकृत पठाईएको छ ।

जीतपुरसिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेल लगायत निर्वाचित जनप्रतिनिधिले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँन गरिएकोे प्रयासले सफलता प्राप्त गरेको हो ।

उपमहानगरपालिकाको कुनै पनि गरिब, दिनदुखीले उपचार अभावमा अकालमै ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्य अनुरुप जीतपुरसिमरा उपमहानगरपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखि सोहि अनुरुप ऐन, कानुन बनाई जनशक्ति भर्ना गरेको हो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ निवासी साबित्री देबीले आर्थिक अभावमा उपचार नगराएकोमा जीतपुरसिमरा अस्पतालका स्वास्थ्यकर्मीहरुले सहज रुपमै आफ्नो उपचार गरी बाहिर पाउने औषधीहरु पनि निशुल्क उपलब्ध गराएको बताउनुभयो ।

उहाँले अस्पताल स्थापना हुँदा आफु जस्ता धेरै बिरामीहरुलाई सहज भएको जानकारी दिनुभयो । जीतपुरसिमरा अस्पतालमा एमडिजिपि पदका डाक्टर एक जना र मेडिकल अधिकृत एमबिबिएस डाक्टर चार जना पठाईएको हो । अहिले निशुल्क रुपमा रोग बिशेषज्ञ र मेडिकल अधिकृत डाक्टरको सेवा प्राप्त भएपछि बिरामीहरुको अस्पतालमा भिड लाग्ने गरेको छ ।

त्यस्तै स्वास्थ्य चौकी जितपुरलाई स्तर उन्नती गर्दै प्राथमिक स्वास्थ्य चौँकीमा परिवर्तन गरिएको छ । बिरामीको उपचार गर्न एम.बि.बि.एस तहका डाक्टर र ल्याब टेक्नीसिनीयन सहितको ल्याबको ब्यवस्था गरिएको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ । त्यस्तै जीतपुरसिमरा अस्पातलका लागि दुई जना फार्मासिस्ट करारमा भर्ना गरिएको छ भने जीतपुर प्राथमिक स्वास्थ्य चौँकीकोलागि एक जना फार्मासिस्ट भर्नाको तयारी गरिएको उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

बिरामीहरुको आवश्यक्तालाई मध्यनजर गरी उपमहानगरपलिकाले जीतपुरसिमरा अस्पताल र जीतपुर प्राथमिक स्वास्थ्य चौँकीलाई २४ सै घण्टा सञ्चालनमा ल्याएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको हरेक वडामा आधारभुत स्वास्थ्य चौँकी स्थापना गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाईएको जितपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ । भर्खरै मात्रै टाँगियाबस्ती, ईनर्वासिरा, पिलुवा, टाँगिया बस्ती, चकरी, छातापिपरा, फत्तेपुर लगायतको ठाउँमा स्टाफ नर्स भर्ना गरी पठाईएको जनस्वास्थ्य प्रबद्र्धन शाखाका राकेश चौधरीले जानकारी दिनुभयो ।

 


सम्बन्धित समाचार