Logo

२ भदौ,बारा ।बाराको जितपुरसिमरा अस्पतालको मेसुमा एम.डि.जि.पि. डा.प्रकाश साह नियुक्त हुनुभएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलले अस्पतालको मेसु पदमा पदबहाली गराउनुभएको हो ।

नवनियुक्त मेसु साह छाती, पेट, मधुमेह, थाईराईड रोग बिशेषज्ञ हुनुहुन्छ । एम.डि.जि.पिको अध्ययन डा. साहले पाटन हस्पिटल काठमाडौँबाट गर्नुभएको हो । जीतपुरसिमरा उपमहानगरपालिकाका बिरामीहरु सामान्य उपचारको लागि पनि वीरगञ्ज, नारायणघाट, काठमाडौँ जानुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । यसलाई धेरै हदसम्म निराकरणका लागि तत्कालै गर्न सक्ने योजनाहरु मेसु साहले अघि सार्नु भएको छ ।

पहिलो चरणमा ओ.पि.टी र ईमरजेन्सी ब्यवस्थापन गर्ने, दोस्रो चरणमा उपचारका लागि बाहिर जाने अवस्थाको अन्त्य हुने किसिमले गर्भवती महिलाको उपचार र बच्चालाई कृटिकल अवस्थामा पनि राख्न सक्ने उपकरण सहितको ब्यवस्थापन गरिने उहाँको भनाइ छ ।

कार्यक्रममा वडा नं.२ का वडाध्यक्ष धन बहादुर श्रेष्ठ, जीतपुरसिमरा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष नारायण पण्डित, श्री नेरामावि सिमराका प्रधानध्यापक शंकर अचार्य, नेकपा एमालेका रबिन्द्र खकुरेल लगायतको सहभागिता रहेको थियो ।

यसअघि जीतपुरसिमरा अस्पतालको मेसुको जिम्मेवारी एमबिबिएस. डाक्टर प्रसान्त र्वावाललाई दिइएको थियो ।


सम्बन्धित समाचार