Logo

३ भदौ, विरगंज। लियोनेल मेसी प्रेरित इन्टर मियामीले एमएलएस लिग कपको उपाधि जितेको छ । आइतबार विहान फाइनल भिडन्तमा नाश्भिल एससीलाई सडन डेथमा १०-९ गोलले पराजित गर्दै उपाधि जितेको हो।

निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो। जहाँ दुवै टिमका ११-११ खेलाडीले पेनाल्टी प्रहार गरेका थिए। मायमीका लागि निर्णायक पाँचौ पेनाल्टी हानेका भिक्टर उलोआ असफल भएपछि पेनाल्टी सुउटआउट लम्बिएको थियो। त्यसअघि नाश्भिलका लागि दोस्रो पेनाल्टी हानेका रेन्डल लीन असफल हुँदा मायमीलाई फाइदा पुगेको थियो।

१०-१० पेनाल्टी हान्दा पनि खेल बराबरी भएपछि एघारौं पेनाल्टीमा नाश्भिलका गोलकिपर इलिएट पिनाको असफल हुँदा मायमीले उपाधि जित्न सफल भयो। उनको पेनाल्टीका मायमीका लागि ड्रेकले विफल पारिदिए। त्यसअघि ड्रेक भने सफल भएका थिए।

त्यसअघि खेलमा मायमीले अग्रता लिएको थियो। मायमीका लागि लिओनल मेसीले २३ मिनेटमा गोल गरेका थिए। मेसीले मायमीका लागि खेलेका अहिलेसम्मका सबै खेलमा गोल गरेका छन्। उनले पछिल्ला ७ खेलमा लगातार गोल गर्दै गोल संख्या १० पुर्‍याइसकेका छन्। यहि सिजन मायमीमा आबद्ध भएका मेसीले पहिलो प्रतियोगितामै उपाधि जित्न सफल भए।

नाश्भिलले ५७ मिनेटमा बराबरी गोल फर्कायो। उसका लागि फाफा पिकाउल्टले ५७ मिनेटमा बराबरी गोल गरेका थिए। ९० मिनेटको खेल बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

तेस्रो पटक भएको यस लिग कपमा इन्टर मियामीले पहिलो पटक उपाधि जितेको हो ।


सम्बन्धित समाचार