Logo

१२ भदौ,काठमाडौं । एयर ट्राफिक कन्ट्रोलमा समस्या आउँदा बेलायतमा हजारौँ यात्रुको उडान प्रभावित भएको छ। प्रणालीमा आएको समस्याले सयौँ उडान रद्ध भएको र ढिलोसमेत भएकाले यात्रुहरु मारमा परेका हुन्।

त्यहाँको ट्राफिक कन्ट्रोल सम्हाल्ने संस्था नेट्सले उडान व्यवस्थित गर्ने प्रणालीमा खराबी आएको जनाएको छ। जसका कारण जहाजको उडान तथा अवतरणको योजना कुनै स्वचालित प्रणालीबाट नभई मानिसले नै मिलाएर गर्नुपर्ने भएको छ।

मेसिनबाट हुनुपर्ने काम मानिसबाट हुनुपर्दा उडान डिले हुने गरेको र कयौँ उडान रद्ध गर्नुपरेको अधिकारीले जनाएका छन्।

 


सम्बन्धित समाचार