Logo

१२ भदौ,वीरगञ्ज । जनता समाजवादी पार्टीका सांसद पदीप यादवले नेपाल विद्युत प्राधिकरणले ठुला उद्योगीहरूले अरबौँ रकम बक्यौदा राख्दा पनि कारवाही नगर्नुको कारण माग गरेका छन् ।

मंगलबार संसदको विशेष समयमा बोल्दै सांसद यादवले सामान्य नागरिकले एक महिना ढिला शूल्क तिर्दा २५ प्रतिशत फाइन लगाउने, तीन महिना शूल्क तिर्न नसके लाइन नै काट्दिने तर ठूलो उद्योगीले अरबौँ रकम नतिर्दा पनि किन मौन रहेको भन्दै प्रश्न उठाएका हुन् ।

संसदको सार्वजनिक लेखा समितिले ३५ दिनभित्र विद्युत प्राधिकरणको बक्यौदा डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत लिएका उद्योगीबाट असुल गर भनेर निर्देशन दिँदा पनि विद्युत प्राधिकरणले अटेरी गरेको बताए ।


सम्बन्धित समाचार