Logo

२० भदौ,वीरगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारले अहिले गरेको भ्रष्टाचार विरुद्धको कारवाहीबाट जति उत्साहित देखिएको छ । त्यति नै निजीक्षेत्र निराश देखिएको छ ।

सरकारले ठूला ठूला भ्रष्टाचार काण्डको फाईल खोलेर उच्च ओहोदाका व्यक्तिहरुलाई पनि कारवाही गरेर सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोमा अघि बढेको भनिरहँदा देशको अर्थतन्त्रको प्रमुख खम्बाको रुपमा रहेको निजीक्षेत्रमा भने निराश देखिएको हो । सरकारले अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिएको भन्दै उत्साहित सरकारले विदेशी मुद्रा सञ्चितीमा पनि उल्लेख्य सुधार भएको दावी गरेको छ । तर, निजीक्षेत्रले भने देशको अर्थतन्त्र ओरालो लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम सरकारले उद्योग व्यापार क्षेत्रको प्रवद्र्धन र विकासका लागि ठोस काम केही नगरेको आरोप लगाउनुभएको छ । व्यावसायीहरुले तहगत निकायहरुलाई भेटेर मात्रै आफ्नो दुःख र समस्या बताएका मात्रै छैनन् । उनीहरु पटक पटक सरकारसम्म पनि समस्या लिएर पुगेका छन् ।

सरकारसँगको भेटघाट र छलफलपछि उनीहरु निकै आशावादी देखिएपनि सरकारको तर्फबाट अझै केही सुधारका संकेतहरु नदेखिएपछि थप चिन्तामा छन् । उनीहरुले सामाजिक सञ्जालमा समेत दुःख पोख्ने गरेका छन् । आर्थिक तथा औद्योगिक नगरी वीरगन्जका उद्योगी व्यवासायीहरु सरकारको अहिलेको अर्थनीतिसँग खासै खुशी छैनन् । उनीहरुले सरकारलाई मनाउने प्रयत्न जारी नै राखेका छन् ।


सम्बन्धित समाचार