Logo

३० भदौ,वीरगञ्ज । बारा परवानीपुर गाउँपालिकामा भइरहेको पूर्वाग्रही राजनीतिक गतिविधि उदाङगिएको छ । जनप्रतिनिधिहरुको सिफारिसमा आफ्नालाई मात्र सेवासुविधा दिन थालेपछि गाउँपालिकाभित्र रहेको राजनीतिक खिचातानीको विवाद सतहमा आएको हो ।

यसरी जनप्रतिनिधिहरुले आफ्नालाई मात्रै काँखी च्यापन थालेपछि गाउँपालिकाभित्र चुलिएको विवादको प्रष्फोटन भएको हो ।
यो घटनाको सुरुवात हुन्छ हरिन्द्र दास तँत्वाबाट । जो पेशाले किसानी गर्छन् । परवानीपुर गाउँपालिका वडा नम्बर ५ का स्थायी बासिन्दा हुन् तत्वा ।

राज्यले दिएको सेवासुविधा लिन उनी शुक्रबार आफ्नै पालिकामा रहेको सिँहदरबारमा गए । काठमाडौंमा रहेका सिँहदरबारले गरेजस्तै आफ्नै घरमा रहेको सिँहदरबारबाट पनि पाइएला भनी आसा लिएर गएका तत्वालाई गाउँको सिँहदरबारबाट भने उल्टै हप्कीदप्की खानुप¥यो ।
कारण थियो–पालिकाबाट बिना पाँवर खेतीका लागि विषादी माग्नु ।

अन्दाजी ४५ वर्षीय तत्वा हिजो बिना कसैको सिफारिसमा सिधै गए धानमा लागेको किरा नष्ट पार्ने विषादी माग्न ।
गाउँपालिकाको कृषि शाखामा ब्लाष्ट रोग र किराको विषादी माग्दा उनलाई विषादी दिनुको साटो सुरुमा त औषधीको नाम लेखेर सदरमुकाममा गएर लिनुस भन्योे ।

किसान तत्वा रेस खबरसँग कुरा गर्दै भन्छन्,‘ धानमा छर्ने विषादी मागे, कर्मचारीले छैन भन्यो ।बाहिरबाट लिनुस भन्दै कृषि शाखाका ती कर्मचारीले हेक्साकोनाजोल–५% एससी र साइपरमेथ्रिन –५५% एससी विषादीको नाम लेखेर हातमा थमाइदियो । विषादी नहोला भन्ठानेर म विश्वास पनि गरे ।

बाहिरबाटै खरिद गर्ने मनसाय बनाए । तर विडम्बना ! म त्यही बसिरहकै समयमा एकजना चिनेकै महिला त्यहीँ विषादी लिन आँउनु भयो,जुन मैले पनि माँग गरेको थिए । विषादी छैन भनेर मलाई खाली हात फर्काउने ती कर्मचारीले उनलाई भने विषादी थमाइदियो ।’
जुन देखेर म अक्क न बक्कको भए,’उनी बताउँछन् ।

उनी भन्छन्–यो सब देखिसकेपछि म फेरि ती कर्मचारीसंग प्रश्न गर्न गरेँ जसबापत उनै कर्मचारीले मेलै मागेका विषादीमध्ये एउटा विषादी दियो । किसान तत्वाले धानमा लाग्ने ‘ब्लाष्ट’ रोगको विषादी र किरा मार्ने विषादीको माग गरेका थिए ।

हरिन्द्र तत्वाले विषादीको माग गर्दासम्म विषादी सकिएकोबारे पालिकाको सूचनाबोर्डमा केही नराखिएको रेसखबरसंगको कुराकानीमा उनले बताए । स्रोतका अनुसार विवाद भएपछि पालिकाले शुक्रबार साँझ विषादी सकिएको बारे सूचना टाँस गरेको छ ।

यही विषयमा रेसखबरले प्रतिक्रिया लिँदा गाउँपालिकाका अध्यक्ष रामक्षेत्री पटेलले पालिकाबाट कुनै किसिमको भेदभाव नभएको बताए । उनी भन्छन्,‘विषादी सकिएको अवस्था छ त्यही भएर यो समस्या आएको हो । तैपनि आइतबार किसानलाई गाउँपालिकामा आउन आग्रह गरिएको छ।’

गाउँपालिकामा अहिले उपप्रमुख सुगान्धीदेवीका श्रीमान उमेश गुप्ता र वडा अध्यक्ष रामेश्वर साह कलवारबीच राजनीतिक विवाद चुलिएको छ । यही दुईजनाबीचको झगडाको मारमा किसानलाई समस्या झेल्नु परिरहेको जानकारहरुको धारणा छ ।


सम्बन्धित समाचार