Logo

२ असोज,पचगावाँ । पर्साको ग्रामीण क्षेत्रहरूमा किसानले लगाएको धानबानी सुक्न थालेको छ । किसानले लगाएको सोना मन्सुली लगायत विभिन्न जातको धानबाली अहिले सिँचाइको अभावमा सुक्न थालेका हुन् ।

सखुवाप्रसौनी, पटेर्वासुगौली गाँउपालिका लगायतमा आकासे पानीको भरमा खेतीबाली गरेका किसान भने अहिले खडेरी परेपछि समस्यामा परेका छन् । लामो समयको खडेरीले धानबालीमा सिँचाइ गर्न नपाँउदा समस्या भएको सखुवाप्रसौनीका बिनोद प्रसाद यादवको गुनासो छ ।

यसअघि जंगली नदी सोताबाट सिँचाई गरिदैँ आएकोमा प्रचण्ड घामका कारण पानीको मुहानहरु सुक्न थालेपछि सिँचाइ सुविधा बन्द भएको पटेर्वासुगौलीका सुलेमान मिया दर्जीले जानकारी दिनुभयो । खेतमा जडान गरिएका बोरिङहरुबाट पनि कुनैमा पानी आउने र कुनैमा पानी नआउँदा समस्या भएको छ ।

पम्पसेट चलाएर सिँचाई गर्दा तेलको महँगो मूल्य पर्ने र मोटर सबैसँग उपलब्ध भएको अवस्था छैन । सिँचाइको अभावमा धानको पात सुक्ने र दाना नआउने गरि किरा लाग्ने जस्ता समस्या भएको स्थानीय किसानको गुनासो छ ।


सम्बन्धित समाचार