Logo

१६ असोज, काठमाडौं । भारतको पूर्वी राज्य झारखण्डमा भारी वर्षा र चट्याङका कारण कम्तीमा आठ जनाको मृत्यु भएको क्षेत्रीय विपद् व्यवस्थापन निकायले सोमबार जानकारी गराएको छ । भारी बर्षाका कारण आएको बाढी र डुबानका कारण अन्य कैयौँ व्यक्ति घाइते भएका छन् ।

झारखण्डका केही भागमा शनिबारदेखि लगातार वर्षा भइरहेको छ। अविरल वर्षाका कारण घरहरु क्षतिग्रस्त हुनुका साथै सडक डुबानमा परेका छन् र नदीमा पानीको बहाव खतराको तहसम्म पुगेको विपद व्यवस्थापन अधिकारीले बताए।

भारतीय मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म भारतका केही स्थानमा भारी वर्षा जारी रहने जनाएको छ।


सम्बन्धित समाचार