Logo

२ मंसिर,वीरगञ्ज । आजबाट बिधिवत रुपमा छठ पर्व सुरु भएको छ । त्यसकारण अहिले यत्र,तत्र, सर्वत्र छठ घाटकै श्रृङ्गारिने काम भइरहेको छ ।

घडिअर्वा पोखरीको घाटपछि बढी व्रतालु पुग्ने अर्को घाट बीरगन्जकै नगवा पोखरीको घाट । त्यसकारण यहाँको सजावटमा तिव्रता दिइएको छ । छठ पर्व नजिक्दै जाँदा नगवा घाटको सजावट पनि लगभग सकिन लागेको छठ व्यवस्थापन समितिको भनाइ छ ।

समितिका अनुसार नगवा पोखरीको घाटको सजावटको लगभग अन्तिम चरणमा पुगेको छ । तिन दिन बाकीँ रहदाँ वीरगञ्ज वडा नं १६ मा रहेको नगवा पोखरीलाई श्रृङ्गारिने काम लगभग पुरा हुन लागेको नगवा छठ पुजा समितिका अध्यक्ष सुरेशकुमार महतोले जनाए ।

छठ व्यवस्थापन समितिका अनुसार यो घाटमा व्रतालुहरु मात्रै पाँच हजार अट्ने क्षमता छ ।

घाटको सजावटमा १२ लाख

नगवा पोखरी छठको सजावटमा यो वर्ष पनि ठूलै खर्च भइरहेको छ । व्यवस्थापनका अनुसार नगवा छठ घाटको सजावटमा मात्रै यो वर्ष १२ लाखको हाराहारीमा खर्च भइरहेको छ । व्रतालुहरुलाई पर्व मनाउन कुनै किसिमको समस्या नआओस भन्ने हेतुले हरेक पक्षमा उतकृष्ट व्यवस्थापन गरिएको समितिका अध्यक्ष महतोको भनाइ छ ।

नगवा पोखरीमा छठ पुजा गर्ने आउनेहरुको सहजताका लागि २२ लाख रुपैयाँको माटो मात्रै पुरिएको वडा नं १६ का वडाअध्यक्ष पशुराम चौरसीयाले बताए ।


सम्बन्धित समाचार