Logo

२ मंसिर,काठमाण्डौ । इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफा तत्कालै खाली गर्न आदेश दिएको छ । गएको बुधवार नै बुलडोजरसहित अल शिफा अस्पतालमा पुगेर खानतलासी गरेको इजरायली सेनाले आज तत्कालै अस्पताल खाली गर्न निर्देशन दिएको बीबीसीले जनाएको छ । अबको केही घण्टाभित्र अस्पताल खाली नगरेमा जे पनि हुन सक्ने इजारायली सेनाले चेतावनी दिएको खबरमा उल्लेख छ ।

इजरायली सैनिकले अस्पतालमा हमासका लडाकु लुकेर बसेको जनाएका छन् । अस्पताल मुनि बनाएको सुरुङमा हमासले आफ्नो कमाण्ड स्थापित गरेको इजरायली सेनाको आरोप छ भने हमासले यो आरोपलाई झुटो भनेको छ ।

सेनाले अस्पताल खाली गर्न भनेपछि सयौँ बिरामीको जीवन जोखिममा परेको छ । डाक्टरहरु अन्योलमा छन् । बिजुली, पानी र खाना नखाएरै पनि धेरै दिन काम गरेको अस्पतालका डाक्टरले बताएका छन् । अल शिफा गाजाको सबैभन्दा ठूलो अस्पताल हो । सयौँ विस्थापितहरूले यहाँ आश्रय लिएका छन् । एजेन्सी


सम्बन्धित समाचार