Logo

१० मंसिर,वीरगञ्ज ।सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव अनुसार मन्त्रिपरिषद बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।

मन्त्रालयका अनुसार विरगञ्ज महानगरपालिकामा मातृका भट्टराईकाे सरुवा भएकाे छ । विरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद पाैडेलकाे प्रदेश नम्बर १ काे आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सरुवा गरिएको छ ।

स्किम श्रेष्ठलाई गृहमन्त्रालय, पार्वती शर्मालाई अर्थ मन्त्रालय, राजेन्द्र कुमार पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुशील ढकाललाई सत्य निरुपण तथा मेलमिलाप आयोग, भरत खनाललाई गृह मन्त्रालय, उमाकान्त आचार्यलाई अख्तियार, बैकुण्ठ निधि शर्मालाई संघीय मामिला तथा प्रशासन मन्त्रालय, कालीप्रसाद पराजुलीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, भगवान अर्याललाई राष्ट्रिय योजना आयोग र आनन्द काफ्लेलाई गृह मन्त्रालयमा सरुवा गरिएको हो।

त्यस्तै अमृत लम्साललाई अर्थ मन्त्रालय, महेश बराललाई अर्थ मन्त्रालय, प्रेम प्रसाद भट्टराईलाई गृह मन्त्रालय, शिवराम पोखरेललाई मुख्यमन्त्रीको कार्यालय सुदूरपश्चिम, हुमकला पाण्डेलाई मुख्यमन्त्रीको कार्यालय बागमती, रमेश न्यौपानेलाई आर्थिक मामिला मन्त्रालय कर्णाली, प्रद्युम्नप्रसाद उपाध्यायलाई लगानी बोर्ड, नमराज घिमिरेलाई प्रधानमन्त्री कार्यालय, विनोदबहादुर कुँवरलाई स्वास्थ्य मन्त्रालय र ज्ञानप्रसाद ढकाललाई प्रदेश नीति तथा योजना आयोग बागमतीमा सरुवा गरिएको हो।

त्यस्तै ऋषिराम तिवारीलाई प्रदेश लोक सेवा आयोग गण्डकी, गोविन्द कार्कीलाई पर्यटन मन्त्रालय, राजेन्द्र कुमार केसीलाई उद्योग मन्त्रालय बागमती, तिर्थराज भट्टराईलाई मुख्यमन्त्री कार्यालय गण्डकी, बलराम निरौलालाई श्रम मन्त्रालय बागमती, किरण रुपाखेतीलाई प्रधानमन्त्री कार्यालय, नरेशराज खरेललाई श्रम मन्त्रालय, पार्वतती अर्याललाई राष्ट्रिय महिला आयोग, कमलबहादुर राजलवटलाई प्रदेश प्रमुखको कार्यालय बागमती र रुद्रप्रसाद लामिछानेलाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएको हो।

त्यस्तै मदन कोइरालालाई चिकित्सा विज्ञान प्रतिष्ठान, दीपकुमार पहाडीलाई उद्योग मन्त्रालय, प्रकाश पौडेललाई सामाजिक विकास मन्त्रालय गण्डकी, बद्रीनाथ अधिकारीलाई प्रदेश नीति तथा योजना आयोग गण्डकी, ज्ञानेन्द्र पौडेललाई रक्षा मन्त्रालय, रामचन्द्र ढकाललाई राष्ट्रिय प्राकृतिक स्रोत आयोग, नारायणप्रसाद अर्याललाई गृह मन्त्रालय र उमेशकुमार ढकाललाई संघीय मामिला मन्त्रलायमा सरुवा गरिएको हो।

सरुवाकाे सूची यश अनुसार छ

 

 

 

 

 


सम्बन्धित समाचार