Logo

२८ मंसिर,वीरगञ्ज । बीरगञ्ज महानगरपालिकामा जारी कार्यपालिकाको बैठक निश्कर्षविहीन टुंगिएको छ ।

प्रमुख प्रशासकीय अधिकृतको खाली कोठाको विषयलाई लिएर उत्पन्न विवाद समाधानका लागि डाकिएको बैठक निश्कर्षबिनै टुंगिएको जनाइएको छ ।
महानगरमा चलेको करिब डेढ घण्टा लामो बैठकमा आपसी सहमति नजुटेपछि समस्या समाधानका लागि सोमबारसम्म सुशासन समितिलाई निर्णय लिन जिम्मा दिइएको छ ।
सुशासन समितिले नगरपालिकाभित्र खाली रहेको प्रमुख प्रशासकीय अधिकृतको कोठा कसलाई आवश्यकता छ भनेर अध्ययन गरेर सोमबारसम्म प्रतिवेदन बुझाउने समयसीमा तोकिएको वडाअध्यक्ष जगत साह कानुले बताए ।

वडाअध्यक्ष एवम सुशासन समितिका अध्यक्ष प्रदीप चौरसियालाई आजदेखि ५ दिन अध्ययन गरेर प्रतिवेदन बुझाएपछि पुनः खाली रहेको कोठाबारे निर्णय लिइने महानगरको कार्यालय तयारी गरेको स्रोतको दाबी छ ।

बैठकमा सहभागी एक वडाअध्यक्षका अनुसार मेयर र उपमेयरबीच आपसी सहमति नजुटेपछि बैठक स्थगित गरिएको हो ।


सम्बन्धित समाचार