Logo

४ पुस,वीरगञ्ज । बीरगञ्ज महानगरपालिकाले स्वयंसेवक शिक्षकहरुलाई सेवाबाट विदाइ गरेको जानकारी दिएको छ । बीरगञ्ज महानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय मातृका भट्टराइको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ,‘नगर शिक्षा समिति र यो कार्यालयको यही ३ गते बैठक बस्यो, जसमा नगरपालिकाको सबै सामुदायिक विद्यालयहमा कार्यरत सबै स्वयमसेवक शिक्षकहरुलाई विदाइ गरिएको छ, त्यो पनि १ पुषबाट नै लागु हुने गरी ।’

महानगरपालिकाले साउन १ गतेदेखि आधारभूत तह । माध्यमिक तहमा कर्मचारी राखेको थियो । महानगरपालिकाको कार्यालय अनुसार साउन १ देखि आधारभूत तहमा १२४ र माध्यमिक तहमा ३३ जनाको नियुक्ति दिएको थियो ।

तर करिब ६ महिना पछाडि अचानक एक विज्ञप्ति जारी गर्दै महानगरले १५७ जना कर्मचारीलाई विदा गरेको हो । आर्थिक समस्या देखिएपछि कर्मचारी कटौती गरिएको महानगरपालिका स्रोतको दाबी छ ।


सम्बन्धित समाचार