Logo

२० पुस,काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फर्किएका छन्। नेपालको २ दिने भ्रमण सकेर जयशंकर शुक्रबार मध्याह्न नयाँ दिल्ली फर्किएका हुन्।

विदेशमन्त्री जयशंकरलाई परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले विमानस्थलमा बिदाइ गरिन्।

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर बिहीबार नेपाल आएका थिए। बिहीबार नै उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता समेत गरेका थिए।

उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गरे।

जयशंकरको नेपाल भ्रमणका क्रममा नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापार लगायत अन्य सम्झौतामा हस्ताक्षर भयो।

शुक्रबार स्वदेश फर्किनु अगाडि उनले बिहान पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजा गरे। यस्तै, शुक्रबार नै त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय भवनको उद्घाटन समेत गरे। त्रिवि केन्द्रीय पुस्तकालयको भवन भारत सरकारको सहयोगमा निर्माण भएको हो।


सम्बन्धित समाचार