Logo

२८ पुस,काठमाडौँ । नेपालमा कोरोना भाइरसको नयाँ सब–भेरियन्ट जेएन डट वान पुष्टि भएको छ ।
चिकित्सकका अनुसार जेएन डट वान ओमिक्रोन भेरियन्टको नयाँ स्वरूप हो ।

विश्व स्वास्थ्य सङ्गठन (डबलुएचओ) का अनुसार कोरोनाको नयाँ सब–भेरियन्ट जेएन डट वान हालसम्म नेपाल सहित विश्वका ४० भन्दा धेरै देशमा फैलिसकेको छ ।
नेपालमा कोरोनाको नयाँ सब–भेरियन्ट पहिलेको जस्तै फैलिने हो की भन्ने धेरैले आशङ्का छ ।

डबलुएचओले पनि यो भाइरसलाई कम घातका रूपमा वर्गीकरण गरेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिडको बिरामीको भर्ना र उपचार गराउने बिरामीको दर बढ्दै गएको छ ।

अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले अस्पतालमा पछिल्लो समय ज्वरो आउने, खोकी लाग्ने, नाकबाट बग्ने, घाँटी दुख्ने, शरीर दुख्ने र थकान लाग्ने जस्ता लक्षण लिएर बिरामी आउने गरेको जानकारी दिनुभयो ।

ज्वरो आउने, खोकी लाग्ने, नाकबाट बग्ने, घाँटी दुख्ने, शरीर दुख्ने र थकान हुने यो भेरियन्टका मुख्य लक्षण हुन् । यो भाइरस धेरै सङ्क्रमण भएपनि कम घातक भएको डा.पुनले बताउनुभयो । तर, जोखिम वर्ग ज्येष्ठ नागरिक, गर्भवती महिला, स्वास्थ्यकर्मी, रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिसमा यो भाइरसको जोखिम बढी भएको उहाँको भनाई छ ।

वृद्धवृद्धा, दीर्घरोगी, गर्भवती रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई रोगको जोखिम कमगर्न कोरोना विरुद्धको खोप लगाउन चिकित्सकको आग्रह छ ।


सम्बन्धित समाचार